Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर एकै परिवारका चार घाइते

सुर्खेत । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्।

सोमबार राति दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाकुरीमा प्रवीन विकको घरमा चट्याङ पर्दा चार जना घाइते भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार घाइते हुनेमा १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक, २१ वर्षीय पारस विक र २० वर्षीया पुष्पा विक रहेका छन् ।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077