Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • मुकेशप्रति शोक प्रकट गर्दै परिवारलाई राष्ट्रपतिले पठाए लिखित समवेदना

    मुकेशप्रति शोक प्रकट गर्दै परिवारलाई राष्ट्रपतिले पठाए लिखित समवेदना

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 735
    SHARES

    काठमाडौं । केही दिन अघि ज्यान गुमाएका दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थप्रति राष्ट्रपति रामचन्द्र पौडेलले शोक प्रकट गर्दै परिवारमा लिखित समवेदना पठाएका छन् ।

    राष्ट्रपतिको सचिवालयका अनुसार स्वास्थ्य अवस्थाका कारण बाहिर नगएका राष्ट्रपति पौडेलले प्रेस सल्लाहकार किरण पोखरेलमार्फत सन्देश पठाएको हो ।



    सल्लाहकार पोखरेलले बनेपास्थित मुकेशको घरमा पुगी परिवारलाई भेटेर शोक प्रकट गर्दै राष्ट्रपतिका तर्फबाट समवेदना सन्देश दिएका छन् ।



    राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्, ‘मुकेश जस्ता योद्धाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो । मुकेशको योगदानलाई भावि पुस्ताले सम्झिरहने छ ।’

    लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३२ वर्षिय मुकेशको गत बुधबार साँझ साढे ७ बजे निधन भएको थियो ।

    २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार