Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

सुनसरी । प्रहरीले धरानबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र धरान १५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले हुकमेन जिमीलाई उनकै घरमा लुकाई राखेको स्वचालित हतियार पेस्तोलका विभिन्न पार्टससहित फेला पारी पक्राउ गरेको हो ।

थप सोधपुछको क्रममा उनले २ थान पेस्तोल खरिद गरी ल्याएकोमा १ थान आफूले राखेको र १ थान रोहित राईलाई दिएको बयान दिएका थिए ।

जिमीको बयानका आधारमा रोहित राईको घर तलासी गर्दा १ थान म्याग्जिन सहितको पेस्तोल फेला पारी रोहितलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077