Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रातिदेखि बन्द बिपी राजमार्ग खुल्यो

काभ्रे । वर्षापछि आएको बाढीले अवरुद्ध बिपी राजमार्ग खुलेको छ ।

विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलेको काभ्रे प्रहरीले जनाएको छ । कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो ।

गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077