Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बसन्त ऋतुको पहिलो सरगमारथा आरोहण सुरु

सोलुखुम्बु । सगरमाथामा बसन्त ऋतुको पहिलो सफल आरोहण गरिएको छ ।

आज बिहान ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।

पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माईली तानी, अमेरिकन महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन् ।

त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङदावाले २६ औं पटक सगरमागा चढेर किर्तिमान राखेका छन् ।

त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङङिमा शेर्पा रहेका छन् । अहिले आधार शिविरभन्दा माथि सयौंको संख्यामा आरोही चुचुरोतर्फ लागेका छन् ।

हिजो दिउँसो मात्रै चुचुरोसम्म आईसफल डाक्टरहरुले डोरी टाग्ने काम सम्पन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077