काठमाडौं । नेकपा एमाले छोराछोरी अभियान चलाउने भएको छ ।
बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकले देशैभरि छोराछोरी अभियान चलाउने निर्णय गरेको हो ।
उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए।
कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए ।
त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।