Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले भन्यो - भुटानी शरणार्थी प्रकरणका दोषीमाथि हदैसम्मको सजाय होस्

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रकरणमा संलग्न जोकोही भए पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गर्नुपर्ने माग गरेको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा बाहिरिएको भन्दै त्यस्तो कार्यमा संलग्न जोकोही भए पनि हदैसम्मको सजाय गर्न माग गरिएको छ ।

एमालेले दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ सरकारको ध्यान जानुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077