Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटीको बैठक संम्पन्न, १६ बुँदे प्रस्ताव पारित (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले १६ बुँदे समसामयिक प्रस्ताव तय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो।

प्रस्तावमा विगत लामो समयदेखि भित्रभित्रै चलिरहेको नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी–धन्दा हालै सतहमा आएको उल्लेख गरेको छ।

राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पारेको छ।

लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दै यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाएका छन्।

यस्तै, पाँच दलीय गठबन्धन सत्तामा रहँदा चालिएका विगतका राष्ट्र विरोधी नीति र कदमहरूको प्रभाव यतिबेला मुलुकको अर्थतन्त्रले झेल्नुपरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077