Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले स्थायी कमिटी बैठक च्यासलमा जारी, वार्षिक कार्यक्रमको खाका तयार गरिने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी बैठकमा ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गर्ने बताइएको छ ।

प्रदेश अध्यक्षहरूको सुझावका आधारमा बैठकले पार्टीको भावी कार्ययोजनाको प्रस्ताव तयार पार्नेछ ।

सोही प्रस्ताव शनिबार दिउँसो पुनः केन्द्रीय कमिटी बैठकबाट पारित गर्ने एमालेको तयारी छ । स्थायी कमिटी बैठक सकिएसँगै पार्टीको केन्द्रीय कमिटी बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077