Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘भ्रष्टाचारविरोधी हामी’ भन्दै भ्रष्टाचारविरुद्ध देशभर प्रदर्शनमा उत्रिँदै नागरिक

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै शनिबार देशका विभिन्न स्थानमा प्रदर्शन गरिने भएको छ ।

राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो । बृहत् नागरिक आन्दोलन तथा विभिन्न संघ(संस्थाले भ्रष्टाचार विरुद्ध अभियान चलाइरहेका छन् ।

शनिबार संघीय राजधानी काठमाडौं लगायत पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिका पठाइदिने भन्दै नक्कली भुटानी शरणार्थी बनाएर मोटो रकम असुलेको काण्डमा पूर्वमन्त्रीदेखि विभिन्न सरकारी अधिकारीहरु पक्राउ पर्न थालेपछि देशैभर भ्रष्टाचारविरुद्ध अभियान चलेको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेका छन् भने एमालेले अनुसन्धानमा सहयोग पुगोस् भनेर निलम्बनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077