Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिँदै, अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट समाप्त हुँदैछ ।

गत बिहीबारदेखि सुरु भएको बैठकमा गैर–भौगोलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेस गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेश गरेका थिए ।

साथै, सल्लाहकार परिषद् तथा केही आयोगका प्रतिवेदन पनि पेश भएका थिए। त्यसपछि पनि मिसन ग्रासरुटका प्रतिवेदनहरु पेश भएका थिए ।

प्रतिवेदनहरुमा विभिन्न भौगोलिक र गैरभौगोलिक समूह बनाएर छलफल भएको थियो ।

आज बस्ने बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । साथै, समसामयिक प्रस्तावहरु पारित गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077