Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज बैशाख ३० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल बैशाख ३० गते शनिबारको राशिफल ।

मेष

आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आकस्मिक धन लाभ पनि हुनेछ ।

मिथुन

आज कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग पनि मिल्नेछ ।

सिंह

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

तुला

आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तीर्थाटनको योग पनि छ ।

धनु

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ

आजको दिन मध्यम रहनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर खर्च भने बढ्नसक्छ ।

बृष

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

कर्कट

आजको दिन प्रतिकूल समय छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

कन्या

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह पनि बढ्नेछ ।

बृश्चिक

गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

मकर

धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मीन

नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला, तर शेयर बजारमा नोक्सानी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077