Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतम भन्छन्- सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्छ

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् ।

शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने उल्लेख गरे ।

शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने गौतमको भनाइ छ ।

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्नका लागि राज्य संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077