Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले २०८४ को निर्वाचनलक्षित ११ महिने कार्यक्रम घोषणा गर्ने

काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि भावी योजना तथा पार्टी परिचलानका कार्यक्रम ल्याउने भएको छ ।

पार्टीको जारी केन्द्रीय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्ययोजना बनाउन लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रबार प्रदेश कमिटीहरुसहितको ८ वटा समूहले अहिले सो वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेका छन्।

सोही सुझावको आधारमा भोलि बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

रिजालले भने, ‘ नेकपा एमालेलाई जनताको रोजाइको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्ने गरी २०८४ को निर्वाचनलाई केन्द्रविन्दुमा राखेर हाम्रो पार्टी पंक्तिको परिचालनलाई हामीले विशेष जोड दिनेछौँ। त्यसमा हाम्रो पार्टीको यो बैठक केन्द्रित भएको छ।’

दोस्रो दिनको बैठकमा आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेका थिए । प्रचार विभाग उपप्रमुख रिजालले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि सिंगो पार्टी परिचालन गर्नेगरी कार्ययोजना बनाइने गरी छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077