काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख बिष्णु रिजालले प्रशिक्षण दिन लागेको बताए ।
एमालेले आगामी जेठ १२ र १३ गते काठमाडौंमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलाई प्रशिक्षण दिन लागेको हो।
स्थानीय तहमा बजेट बनाउने बेला भएको र बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको बताईएको छ ।