Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • नक्कली शरणार्थी प्रकरण : राजेश बज्राचार्यसँग केशव दुलालको डाइरेक्ट ‘कनेक्सन’

    नक्कली शरणार्थी प्रकरण : राजेश बज्राचार्यसँग केशव दुलालको डाइरेक्ट ‘कनेक्सन’

    अनलाइन नेपाल
  • शुक्रबार, २९ बैशाख २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा प्रहरीले अहिलेसम्म १२ जना आरोपितलाई पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सचिव टेकनारायण पाण्डेसम्म पक्राउ परेका छन् । खाँड गृहमन्त्री हुँदा पाण्डेले भुटानी शरणार्थी सम्बन्धि प्रतिवेदन कीर्ते गरेको र करोडौं रुपैयाँ लिएको आरोप छ । सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

    प्रहरीले पूर्वगृहमन्त्री खाँडलाई पक्राउ गरे लगत्तै कांग्रेसका सांसदद्वय आरजु देउवा र मञ्जु खाँणमाथि पनि निगरानी बढाएको समाचार अनलाइनभरी छाएका छन् । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले दिएको बयानका आधारमा कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा र पूर्वगृहमन्त्री पत्नी मञ्जु खाँड मुछिएको प्रहरी स्रोत बताउँछ ।



    पीडितले प्रहरीलाई बुझाएको अडियो रेकर्डमा पनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणालाई साढे २ करोड र पूर्वगृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँडलाई ६ करोड दिएको उल्लेख गरिएको छ । उक्त अडियोमाथि पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।



    तत्कालीन गृहसचिव पाण्डेले गिरोहका सदस्य ललितपुरका सानु भण्डारी, सन्देश शर्मा र मोरङका केशव दुलालबाट आर्थिक लाभ लिएर गृहमा रहेको सक्कल प्रतिवेदन नै उनीहरूलाई दिएको प्रहरी अनुसन्धानमा खुलिसेकेको छ । गृहको सक्कली प्रतिवेदन पाएका भण्डारी शर्मा र दुलालले नै पाण्डेकै सल्लाह बमोजिम नक्कली शरणार्थीको नाम थपेर नयाँ प्रतिवेदन बनाएको पनि खुलिसकेको छ । नक्कली नाम राखेर नयाँ प्रतिवेदन तयार गर्दा करोडौंको आर्थिक लेनदेन भएको हो ।

    नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै प्रमाण जुटाइरहेको प्रहरीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओललीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यमाथि पनि अनुसन्धान गर्ने तयारी गरेको छ । यो प्रकरणका मुख्य अभियुक्त मानिएका केशव दुलालसँग उनको डाइरेक्ट कनेक्सन भेटिएपछि प्रहरी अनुसन्धान बज्राचार्यतर्फ ढल्केको हो ।

    दुलालको मोवाइल ‘रिकभर’ गर्ने क्रममा बज्राचार्यसँग डाइरेक्ट सम्पर्क देखिएको स्रोतको दावी छ । मुख्य योजनाकार मानिएका दुलालसँग कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री पत्नी आरजु राणासँग पनि डाइरेक्ट सम्पर्क रहेको प्रमाण प्रहरीले हाता पारेको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए ।

    बज्राचार्य पनि छानविनको दायरमा तानिने संकेत पाएपछि आत्तिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका शिर्ष नेतासँग दिनहुँजसो भेटमा ब्यस्त छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली शरणार्थी छानविन प्रकरणमा खुट्टा नकमाउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पटक–पटक निर्देशन दिइसकेका छन् । पूर्व गृहमन्त्री, सरकारका सचिव नै पक्राउ परिसकेको यो प्रकरणमा बज्राचार्यलाई पनि प्रहरीले बोलाउन सक्ने भयले आत्तिएका ओली प्रचण्ड र देउवासँग नजिकिएको एमाले नेताहरु नै बताउँछन् ।

    यद्यपी ओली प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’ सम्म अनुसन्धान पुग्न सक्ने भन्दै प्रहरीले अहिले राजेश बज्राचार्यसम्म शंका गर्ने प्रयाप्त आधारहरु फेला परेको जनाएको छ ।

    १२ जना पक्राउ
    सुरुवाती चरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गर्याे। त्यसको तीन दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व वडा अध्यक्ष सागर राई पक्राउ परे।

    अनुसन्धानबाट खुल्दै आएका आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पञ्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

    पक्राउ परेकाहरूलाई संगठित ठगीमा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै गर्दा वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे । त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे ।

    सोही दिन नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे । छोरा पक्राउ परेपनि एमालेका सचिवसमेत रहेका टोप बहादुर रायमाझी भने फरार भए । उनको खोजी गरिरहे पनि रायमाझी अहिलेसमम फेला पर्न सकेका छैनन् ।

    वैशाख २५ गते प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । त्यसपछि बैशाख २७ गते पूर्व गृहमन्त्री बालकृष्ण खाँड र तत्कालीन समयका उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार