Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा मनाङेसहित ७ सदस्यीय मन्त्रिपरिषद् बन्दै, ४ बजे शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट १४ गते मुख्यमन्त्री बनेका कांग्रेस दल नेता पाण्डेले दुई हप्तापछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।

नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाईने छ ।

मुख्यमन्त्री  पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्री नियुक्त गरेसँगै आजै ४ बजे शपथ ग्रहण गराउने तयारी गरिएको हो ।

आजै मन्त्रीहरुको कार्यजिम्मेवारी तोकिनेछ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077