Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कक्षा १२ को परीक्षा दिइरहेका फरार अभियुक्त पक्राउ

रौतहट । रौतहट प्रहरीले कक्षा १२ को परीक्षा दिइरहेका बेला कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय वृन्दावन नगरपालिका ३ का भोजिन्द्र राय यादवको छोरा वर्ष २२ को विवेक यादव रहेका छन् ।

हेटौडा स्थित बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षा दिई रहेको भनी गोप्य सूचनाको अधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।

अभियुक्त यादवलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत गौरमा बुझाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077