काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।
शुक्रबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि प्रतिवेदन पेश गर्ने क्रम लम्बिएकाले अब शनिबार बिहान बस्ने भएको हो ।
‘हिजै प्रतिवेदन पेश गर्ने क्रम सकेर आज समूहगत छलफल गरेपछि स्थायी कमिटी बैठक बस्ने तयारी थियो’, उपमहासचिव प्रदीप ज्ञवाली, ‘अझै प्रतिवेदन पेश गर्ने र समूहगत छलफल गर्नै बाँकी रहेकाले भोलि बिहान स्थायी कमिटी बैठक बसेर दिउँसो फेरि केन्द्रीय कमिटी बैठक बस्नेछ।’
केन्द्रीय कमिटीको बैठक बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।