काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझावका पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने छ ।
प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ ।
स्थायी कमिटीले कार्ययोजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ ।