Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस पदाधिकारीको बैठक धुम्बाराहीमा

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज दिउँसो साढे २ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँण, पार्टीको आन्तरिक गतिविधि र प्रदेशहरुमा मन्त्री छनोटका विषयमा छलफ भइरहेको छ ।

बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बनको प्रस्ताव गरेका थिए । बुधबारको बैठकमा खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन सकेको थिएन।

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग लेनदेनमा संलग्न भएको आरोपमा खाँणलाई बुधबार चाबहिलस्थित मनमैजुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077