Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

'क्यान्टोनमेन्ट हिनामिना' छानविन गर्न अख्तियारलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकु शिविर (क्यान्टोनमेन्ट हिनामिना)मा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने बताएका हुन् ।

ओलीले भने, ‘माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एकलाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।’

बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको समेत अध्यक्ष ओलीको आरोप छ ।

ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताए ।

अख्तियारले लडाकु शिविर र अहिले अयोग्य लडाकुलाई दिने भनेको रकमबारे छानविन गर्न खुट्टा कमाउन नहुने ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077