Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • शरणार्थी प्रकरणमा मुछिएकाहरू दोषी भए-नभएको अदालतले निर्क्योल गर्छ : केपी ओली

    शरणार्थी प्रकरणमा मुछिएकाहरू दोषी भए-नभएको अदालतले निर्क्योल गर्छ : केपी ओली

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 600
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू दोषी भए-नभएको अदालतले निर्क्योल गर्ने बताएका छन् ।

    बिहीबारदेखि काठमाडौंमा सुरू भएको एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम आइरहेको छ । भ्रष्टाचार गर्ने कार्यमा जो सुकैको नाम आओस्, यदि दोषी छ भने उसलाई कारबाही हुनुपर्छ । तर जबसम्म मान्छे दोषी ठहर हुदैन, त्यतिबेलासम्म हामीले त्यस्तो आरोप लागेको व्यक्तिलाई दोषी करार गरिहाल्नु हुँदैन ।’

    भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू दोषी भए-नभएको अदालतले छिनोफानो गर्ने बताए। अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका नेताको नाम मुछिएको भन्दै उनीहरूलाई अहिले नै दोषी भन्न नमिल्ने बताए।

    अध्यक्ष ओलीले अनुसन्धानलाई अर्कोतिर लैजाने र अनावश्यक रूपमा पूर्वाग्रहपूर्ण ढंगले निर्दोषलाई फसाउने, आरोप लगाउने काम भने हुन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार