Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

होटलमा खाजा खान आएका ग्राहकको छुरा हानेर हत्या, स्थानीयले जलाए गाडी

धादिङ । होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।

धादिङको गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले कटलपौवाका २७ वर्षीय विनोद थापामगरमाथि छुरा प्रहार गरी हत्या गरेका हुन् ।

आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ ।

खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ ।

घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

स्थानीयले घटनाको विरोधमा गल्छी–मैलुङ सडक बन्द गराएका छन् । बन्दकर्ताले होटल सञ्चालकको गाडी पनि जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077