Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अवैध बाटोबाट अमेरिका पठाउने धन्दा, टोपबहादुर बिहेबाट समातिए

दाङ । अवैध बाटोबाट नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका टोपबहादुर जिसी रहेका छन् ।

अमेरिका पठाइदिने भन्दै एक वर्षअघि ८ लाख रूपैयाँ लिएर ठगी गरेको उजुरी परेपछिजिल्ला प्रहरी कायालय दाङले बुधबार घोराहीको भिंग्रेली रिसोर्टबाट उनलाई नियन्त्रणमा लिएको हो ।

जिसी बहिनीको बिहेमा सहभागी हुन रिसोर्ट पुगेका थिए । उनलाई पक्राउ गरी दाङ प्रहरीको हिरासतमा राखिएको छ ।

जिसीविरुद्ध जिप्रका दाङको ठगी र मानव बेचबिखन व्युरोमा जाहेरी परेको छ । घटनाबारे थप अनुसन्धान गर्न दाङ प्रहरीले मानव बेचबिखन ब्युरोसँग समन्वय गर्ने गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077