Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने आदित्य पक्राउ

काठमाडौं । अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ठगी गर्ने एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ वर्षीय आदित्य कर्णलाई डिल्लीबजारबाट पक्राउ गरेको हो ।

कर्ण जनकपुरधान उपमहानगरपालिका-४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारमा बस्‍दै आएका छन् ।

उनले सामाजिक सञ्जालमा फेसबुक, ह्वाट्स एप, इन्स्टाग्राम र भाइबरमा पेज बनाई विभिन्न महँगो ब्राण्डका आइफोन तथा मोबाइल सेटहरु विक्रीमा छ भनी पीडितहरुबाट ४ लाख ८५ हजार रुपैयाँ रकम लिएर अर्डर नदिएको आरोप लागेको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077