Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्‍यानडा पठाइदिन्छु भनी ५० लाख ठगी गरेको आरोपमा नेपाल पक्राउ

काठमाडौं । क्‍यानडा तथा चेक रिपब्लिक पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उद्धव नेपाल भन्‍ने सुवर्ण मग्रातीलाई काठमाडौंको नयाँ बजारबाट पक्राउ गरेको हो ।

३४ वर्षीय मग्राती सिन्धुलीको कमलामाई नगरपालिका-४ ढकालगाउँ घर भई हाल काठमाडौ महानगरपालिका-१६ नयाँ बजार बस्दै आएका छन् ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077