Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल प्रहरीले भन्यो – भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा रहेर मात्रै सूचना सम्प्रेषण गर्नू

    नेपाल प्रहरीले भन्यो – भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा रहेर मात्रै सूचना सम्प्रेषण गर्नू

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणबारे तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

    प्रहरीले आज एक विज्ञप्ति निकाल्दै तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।



    तथ्य र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूत रूपमा निष्कर्षमा पुऱ्याउन प्रतिबद्ध रहेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुनजाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउन हुन अनुरोध गरिएको छ।’

    केही अनलाइन र छापा माध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धान क्रममा रहेको भुटानी शरणार्थी प्रकरणबारे गलत, मनोगत र अनुमानमा आधारित कुराहरू आइरहकेमा प्रहरीले यस्तो नगर्न आग्रह गरेको हो ।

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणहरूलाई ठगी गरी संगठित अपराध गरेको मुद्दाको विषयलाई लिएर केही सञ्चारमाध्यममा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार