Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता होस् कि नाता होस् छुट्नुहुन्न

    कांग्रेस महामन्त्री थापाले भने – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता होस् कि नाता होस् छुट्नुहुन्न

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 576
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न आग्रह गरेका छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा नेतादेखि उसका नातासम्मलाई नछाड्न आग्रह गरे ।



    महामन्त्री थापाले भने, ‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ। कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्।’



    महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले आफूलाई भ्रष्टाचारप्रति शून्यसहनशीलताको नीति अपनाएको वा नअपनाएको भनेर पुष्टि गर्न चुनौती दिए ।

    उनले सो प्रकरणमा भइरहेको अनुसन्धानमा बजार हल्ला, भेटघाट र कुनै दबाब वा प्रभावले प्रभावित हुन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार