Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अटोमेटिक पेस्तोल र गोलीसहित बाँकेबाट एक जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित किङ क्रस क्लबबाट पेस्तोलसहित बाँसगढी नगरपालिका–८ बर्दियाका २८ वर्षीय सुमन रिजाललाई पक्राउ गरेको हो ।

रिजालको साथबाट एक थान अटोमेटिक पेस्तोल र त्यसको एक राउण्ड गोली समेत बरामद भएको छ ।

क्लबको शौचालयमा लुकाइराखेको पेस्तोल र गोलीसहित रिजाललाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077