Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रवि लामिछानेले दिए सरकार र प्रहरीलाई धन्यवाद, भने - यो शिलशिला नरोकियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ गरेपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले धन्यवाद दिएका हुन् ।

लामिछानेले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु । यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस्।’

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन् ।

उनले सरकारको निर्णय कार्यान्वयन गर्ने नेपाल प्रहरीलाई समेत धन्यवाद ज्ञापन गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077