झापा । झापाको दमकमा कोशी नामविरुद्ध पहिचान पक्षधरले मसाल जुलुस प्रर्दशन गरेको छ । सो प्रदर्शनका क्रममा झडप हुँदा आन्दोलनकारी र प्रहरी गरी ७ जनाभन्दा बढी घाइते भएका छन् ।
कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले निकालेको राँके जुलुसका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।
झडपका क्रममा प्रहरीतर्फ ५ जना र प्रदर्शनकारीतर्फ २ जना घाइते भएका भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार प्रदर्शनकारीले बालेको राँकोले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर दुईजना प्रदर्शनकारी घाइते भएका हुन् । प्रहरी र प्रदर्शनकारी दुबैतर्फका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply