Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशमा दीपक मनाङे खेलकुद मन्त्री बन्ने

कास्की । गण्डकी प्रदेश सरकार सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ ।

जसअनुसार प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा माओवादी केन्द्रले दुई र नेकपा (एकीकृत समाजवादी) ले एक मन्त्रालाय पाउने भएको हो ।​

कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए । प्रदेशसभामा राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा एसका एक्लो सदस्य हुन् ।

मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने लभग पक्का जस्तै छ ।

प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् । अन्य दलहरुको मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077