Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताबारे छलफल

काठमाडौं । पार्टी एकताबारे छलफल गर्न राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका छन्।

मङ्गलवार दिउँसो आलोकनगर पुगेका गौतमले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी एकताबारे छलफल गरेका हुन् ।

गौतम एमाले छाडेर राष्ट्रिय एकता अभियानको नाममा छुट्टै राजनीतिक पार्टीको अभ्यास गरिरहेका छन भने उनलाई आफ्नो पार्टीमा ल्याउन नेपालले प्रयास गरिरहेका छन् ।

एकीकृत समाजवादी स्रोतका अनुसार पछिल्ला छलफल गौतम सो विषयमा सकारात्मक हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077