Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवनिर्वाचित सभापति राईले लिइन् शपथ

काठमाडौं । विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरवारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभापति राईलाई सो शपथ गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य हुन् । नवनिर्वाचित राईले आजै पदभार समेत सम्हालेकी छन् ।

यसअघि उक्त समितिको सभापतिका रुपमा रहेका डा. वेदुराम भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएसँगै सभापति पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077