Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुवेतसँगै लेबनानले पनि साफ च्याम्पियनसिप खेल्ने

काठमाडौं । कुवेतसँगै लेबनानले १४औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सोमबार लेबनानले साफ च्याम्पियनसिप खेल्ने पक्का भएको जनाएको छ।

योसँगै भारतको बैंगलुरुमा जुन २१ देखि जुलाई ४ सम्म आयोजना हुने साफ च्याम्पियनसिपको लागि आठ राष्ट्रको टुंगो लागेको छ ।

साफ च्याम्पियनसिपमा यस पटक भारत, नेपाल, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेवनानको सहभागिता रहनेछ ।

फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले भने खेल्ने छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077