Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)कार्यसमितिको बैठक आज बस्दैछ।

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका महासचिव किरण राईले आइतबार पदाधिकारी तथा सदस्यलाई पत्राचार गर्दै बैठक बोलाएका हुन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजेपछि बैठक सुरु हुने पत्रमा उल्लेख छ। एन्फाको यसअघि चैत १८ गते शनिबार पछिल्लो पटक आपतकालिन बैठक बसेको थियो।

गत फागुन १७ गतेपछि एन्फाको पूर्णकालिन बैठक बस्न सकेको छैन। एन्फाको विधानअनुसार पूर्णकालिन बैठकका लागि कम्तिमा सात दिन अगाडि नै एजेन्डा पदाधिकारी र सदस्यलाई उपलब्ध गराउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077