Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको टिप्पणी - बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् ।

बैंक तथा वित्तीय संस्था परिसङ्घले आयोजना गरेको शिखर सम्मेलन समारोहमा बोल्दै उनले गठबन्धन सरकारले ल्याएको आउँदो वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका हुन् ।

उनले गठबन्धन सरकारको तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आउँदो वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको आरोप लगाए ।

उनले चालु आर्थिक वर्षमा ८ प्रतिशतको वृद्धिदर घोषणा गरे पनि २ प्रतिशत पनि नहुने अवस्था आउनुको जवाफ नागरिकलाई दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077