Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्रीको निष्पक्षतामाथि ओलीले उठाए प्रश्न

    भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्रीको निष्पक्षतामाथि ओलीले उठाए प्रश्न

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 900
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैलाई बचाउने र कसैलाई फसाउने अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

    आइतबार संघीय संसद् भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको निष्पक्षतामाथि प्रश्न उठाएका हुन् ।



    अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छाड्दिनँ’ भन्ने अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसलाई सफल हुन नदिने चेतावनीसमेत दिएका छन् ।

    आइतबार संघीय संसद् भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले छोड्नका लागि कसले दबाब दिएको हो ? प्रस्ट पार्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।

    प्रधानमन्त्री दाहालले शनिबार ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछाड्ने अभिव्यक्ति दिएका थिए । त्यसप्रति ओलीले आपत्ति जनाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार