Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा एमालेलाई घचेट्न खोजिँदैछ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै पनि दबाब नदिएको बताउका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रचण्ड संग कसैलाई बचाइदिनुस् भनेर नभनेको बताएका हुन् ।

पार्टीविरूद्ध क्याम्पेन लान खोजिएको भन्दै अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरणमा व्यक्ति दोषी हुन सक्ने तर पार्टीलाई नै मुछ्न खोजेको बताए ।

अध्यक्ष ओलीले भने,‘म प्रचण्डलाई भन्न चाहन्छु- पछि हट्नुस् कसले भन्यो? झुक्नुहोस् कसले भन्यो? दबाबमा पर्नुस् कसले भन्यो? कसले दबाब दियो? मैले उहाँलाई कसैलाई बचाइदिनुस्, छानबिन नगरिदिनुस्, होलो खुकुलो गरिदिनुस्, छाड्दिनुस् भनें? मैले त भनेको छु- कडाइका साथ छानबिन गर्नुस्, कारबाही गर्नुस् । तर,एमालेलाई जसरी घचेट्न खोजिँदैछ, त्यो दुष्प्रयास कसैले नगरे हुन्छ।’

आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर यस विषयमा कुनै दबाब पनि नदिएको उनले बताए। आफूसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले शरणार्थी प्रकरणमा कसैको दबाबमा पर्दिनँ भनेकामा प्रश्न पनि गरे।

अध्यक्ष ओलीले आफूलाई बोलाएर अरू प्रसंगमा कुरा गरेको तर बैठक सकेर निस्किएपछि दबाबमा पर्दिनँ भन्दै ‘फुइँ’ लगाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077