Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणदेखि दिपेश पुनसम्मलाई छानबिन गर्न महेश बस्नेतको माग

पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

नेता बस्नेतले टोपबहादुर रायमाझीलाई छानबिनको दायरमा ल्याउँदै गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँण र अखिल क्रान्तिकारीका नेता दिपेशमाथि पनि छानबिन गर्नुपर्ने बताए ।

नेता बस्नेतले भने, ‘बालकृष्ण खाँणजी गृहमन्त्री भएको बेलामा यो सबै कुरा भएको हो। त्यसैले बालकृष्णदेखि दिपेश पुनसम्ममा जो जोको नाम आइरहेको छ। सबैलाई छानबिनको दायरामा ल्याउनुपर्छ।’

पूर्व गृहमन्त्री खाँणदेखि दिपेश पुनसम्मलाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।  दिपेश पुन तत्कालिन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । दिपेश सहकारी ठगीदेखि बिभिन्न काण्डमा मुछिदै आएका छन् ।

नेता बस्नेतले भने, ‘हिजोसम्म भनिरहँदा मान्छेहरूले पत्याएका थिएनन। हिजो हामीले आरजू देउवालाई साढे २ करोड र बालकृष्ण खाँण र मन्जु खाँणलाई ६ करोड दिएको अडिओ हामीले सार्वजनिक गर्यौं । यस्ता धेरै विषयवस्तु हामी खोजेको क्रममा छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077