काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठकले पार्टीका संरचनालाई वैशाखको अन्तिमसम्म पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार बसेको पदाधिकारी बैठकले बैशाख २८ र २९ मा केन्द्रीय कार्य समिति बैठक बसेर टुंगो लगाउने समझदारी बनाएको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पदाधिकारीको अनौपचारिक बैठकले भ्रातृ संस्था, केन्द्रीय विभागसहितका संरचनालाई वैशाखको अन्तिमसम्म पूर्णता दिने निर्णय गरेको छ ।
नेविसंघ, तरुण दल र महिला संघको समिति विस्तारबारे यी संस्थाका प्रमुखसँग छलफल भइरहेको महतले बताए । बिहीवार बसेको पदाधिकारी बैठकले छिट्टै संरचनालाई पूर्णता दिने निर्णय गरेको थियो ।