Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटको होटलमा यौन धन्दा : एउटै होटलबाट दुई युवती र पाँच पुरुष पक्राउ

रौतहट । रौतहटमा अवैध यौन गतिविधिमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडास्थित अनिता होटेल एन्ड लजमा अवैध यौन क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा दुई युवती र पाँच पुरुष रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय (गरुडा) को संयुक्त टोलीले बुधबार होटलमा छापा मारेको थियो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय (गरुडा) को हिरासतमा राखेर प्रहरीले जिल्ला अदालतबाट एक साताको म्याथ थप गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077