Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महिलाको फोटो र भिडिओ तोडमोड गरी चरित्रहत्या गर्ने तामाङ पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने युवक पक्राउ परेका छन् ।

चितवन प्रहरीको सहयोगमा साइबर ब्युरोको टोलीले बुधबार चितवन जिल्ला राप्ती नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलता सहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप छ ।

सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको भन्दै तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूरमा बिहीबार पाँच दिनको म्याद थप भई प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077