Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेट भएको छ ।

नयाँ दिल्लीबाट उपचार गरेर फर्किएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति पौडेल अहिले चिकित्सकको सल्लाहअनुसार राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेर शीतल निवासमै आराम गरिरहेका छन्।

गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि गएका उनी आइतबार राति नेपाल एअरलाइन्सबाट स्वदेश फर्किएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा भएको नियुक्ती, शपथ, बजेट अधिवेशन लगायतका विषयमा छलफल गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077