Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

    राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 900
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ ।

    नयाँ दिल्लीबाट उपचार गरेर फर्किएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन् ।



    राष्ट्रपति पौडेल अहिले चिकित्सकको सल्लाहअनुसार राजनीतिक तथा व्यक्तिगत भेटघाट रोकेर शीतल निवासमै आराम गरिरहेका छन्।



    गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका लागि गएका उनी आइतबार राति नेपाल एअरलाइन्सबाट स्वदेश फर्किएका हुन् ।

    भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली कांग्रेसबाट मन्त्रीमा भएको नियुक्ती, शपथ, बजेट अधिवेशन लगायतका विषयमा छलफल गरिने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार