Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    कांग्रेस महामन्त्री गगनले गरे गृह प्रशासनको प्रशंसा, भने- कानूनभन्दा माथि कोही हुँदैन

    कांग्रेस महामन्त्री गगनले गरे गृह प्रशासनको प्रशंसा, भने- कानूनभन्दा माथि कोही हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी गिरोहको भिआइपी जालोबारे गहिरोसँग अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

    समाजिक संञ्जाल फेसबुकमा लेख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगीगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरे ।



    महामन्त्री थापाले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भिआइपी जालो उजागर हुँदै गएको छ । यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानूनभन्दा माथि कोही हुँदैन ।’



    थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिवलगायत केहीलाई पक्राउ गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने तयारीमा गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार