Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - देश क्रमशः सुधारतर्फ छ, उत्साहजनक नतिजा देखिनेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र संकटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् ।

बुधबार साँझ काठमाडौँमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालको भन्दा राम्रो नतिजा देखिने बताएका हुन् ।

लोकार्पणमा प्रधानमन्त्रीले भने, ‘‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न बिमति र असन्तुष्टिहरू थिए। मधेश आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो। तर, निकै मेहेनत गरियो, परिणाम पनि राम्रो आयो।’’

उनले थपे, ‘‘संघीयताको सफल अभ्यास गरियो। स्थानीय तहदेखि केन्द्रसम्मका चुनावहरू भए। आन्दोलनरत दलहरू पनि सहमतिको प्रक्रियामा आए। अर्थतन्त्रमा राम्रो सुधार आयो। ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो, लोडसेडिङको अन्त्य भयो। ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो। यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ।’’

‘‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ। अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ। तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु’’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले भने, ‘‘मधेश आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो । उहाँ एकदम इमानदार र प्रतिवद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन। तर, उहाँले गराउनुभयो। पुस्तकमा उहाँले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरू इमानदारिता छ।’’

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा. यादव लगायतका वक्ताहरूले पुस्तकका विविध पक्षमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077