Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी रूपमा सञ्चालन

धादिङ । धार्केस्थित गणेश खोला पुलमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग २ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

धादिङको गणेश खोला पुलनजिकै सडक भ्वांग परेर १२ बजेदेखि अवरुद्ध बनेको थियो ।

भासिएको ठाउँमा गिट्टी र ढुंगा भरेपछि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङको धुनिबेँशी नगरपालिका- ६ धार्के र थाक्रे गाउँपालिका- ८ सिमाना जोड्ने पुलनजिकै भ्वांग पर्दा राजमार्ग दुवैतर्फ ठप्प बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077