Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

काठमाडौं । भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान बनेको छ । एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा नयाँ कीर्तिमान बनेको हो ।

गएको आइतबार (अप्रिल ३० तारिखमा) एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले उडान गरेका थिए ।

दुई हजार ९ सय ७८ उडानमार्फत् यो रेकर्ड बनेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गरी जानकारी दिए ।

कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077