Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्थतन्त्र ओरालो लाग्यो, वर्तमान सरकार कायमै रहे देश टाट पल्टिनेछ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन् ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

ओरालो लागेको अर्थतन्त्र सुधारमा ध्यान नदिने हो भने अबको डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको औंल्याए ।

राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले पूर्वप्रधानमन्त्री ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी समेत गरे।

अध्यक्ष ओलीले पैसा नभएका कारण देशमा आयातमा पनि कमी आएको भन्दै त्यसतर्फ पनि सचेत गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077